कलंकी आउँदै गरेको मोटरसाइकललाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु
थानकोट ।
आइतबार बिहान काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित ढुङ्गेधारामा मूल सडक खण्डमा बसले ठक्कर दिँदा दुई जनाको ज्यान गएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
प्रहरीका अनुसार बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका घर भएका ३२ वर्षीया अनिता थापा र ३२ वर्षीय अर्का पुरुषको ज्यान गएको हो । उनको पहिचान हुन सकेको छैन् ।
दुर्घटनामा नौ वर्षीय बालिका अनिशा थापा घाइते भएकी छन् । टाउकोमा चोट लागेर घाइते भएकी थापाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












