कोरियाली खेलाडीलाई नकआउट गर्दै गुर्जुधाराका अविरल बने जापानमा किकबक्सिङ च्याम्पियन

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका ५ गुर्जुधाराका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन्।

शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका हुन्। 

‘हिमालय चितुवा’का रुपमा विश्व प्रसिद्ध घिमिरेले दक्षिण कोरियाली खेलाडी याङलाई किक बक्सिङ प्रतियोगितामा नकआउट गरेका थिए। सो प्रतियोगितामा भिड्ने घिमिरे पहिलो नेपाली बक्सर हुन्।

प्रतियोगिताको पुरुष स्पर्धामा घिमिरेले एक मिनेट ५५ सेकेण्डमै प्रतिद्वन्द्वी याङलाई रिङमा ढालेका थिए। जापानमा रहेर किक बक्सिङको व्यावसायिक खेल खेल्दै आएका बक्सर घिमिरेले बक्सिङ हिट प्रतियोगिताका १३ खेल जितिसकेका छन्। उनले तीनपटक टाइटल म्याचको उपाधि जित्न सफल भइसकेका छन्। 

घिमिरेले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्ड लगायत देशका बक्सरलाई पराजित गरिसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *