मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

Thankot Times

थानकोट ।

देशको मुख्य सडक मार्गका रूपमा रहेको मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोका कारण विगत १२ घण्टादेखी अवरुद्ध छ । सोमबार राति ८ बजे खसेको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको हो । मुग्लिन-नारायणगढ सडकखण्डको नाम्सी पुल नजिकै खसेको पहिरोको कारण सडक अवरुद्ध भएको हो ।

सडक डिभिजनको दुईवटा मेसिनबाट पहिरो पन्छाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

पूर्णरूपमा पहिरो पन्छाउन अझै समय लाग्ने बताइएको छ ।

मुग्लिन-नारायणगढ सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई आज वैकल्पिक बाटो प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ । 

तस्बिरः विनोद श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *