धादिङको गजुरी नजिकैबाट यात्रु बस त्रिशुली नदीमा खस्यो, नदी किनारमा विभत्स दृश्य
थानकोट
पृथ्वी राजमार्गस्थित धादिङको गजुरी खण्डमा यात्रुबस दुर्घटनामा परेको छ ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३- ०१- ००५ ख ९९५२ बस गजुरी- २ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
घटनास्थलमा उद्धार टोली पुगिसकेको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बस पानीमा तैरिएको अवस्थामा छ ।
सामाजिक सञ्जालमा दुर्घटनाग्रस्त बसको वरपर यात्रुहरू छरिएको अवस्थामा रहेका फोटोहरू सार्वजनिक भएका छन् । जसअनुसार दुर्घटनामा ठूलो संख्यामा मानवीय क्षति भएको अनुमान लगाउन सकिन्छ ।












