राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु हुँदैछ ।

काठमाडौँमा शुक्रबारसम्म चल्ने बैठकका लागि राप्रपा नेपालले यसअघि नै कार्यसम्पादन समितिको बैठकबाट एजेन्डा तय गरिसकेको छ । 

महामन्त्री राजाराम बर्तौलाका अनुसार अध्यक्ष थापाको राजनीतिक कार्यपत्रसँगै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणाबारे प्रतिवेदन प्राडा विष्णु भण्डारीले पेस गर्नेछ ।  

यसैगरी बैठकमा संगठन सम्बन्धी प्रतिवेदन महामन्त्री एवम्  विभाग प्रमुख  बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्नेछन् । सबै प्रतिवेदनमाथि छलफल गरेर पार्टीले आगामी कार्यदिशा तय गर्ने बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *