बुधबार गजुरीस्थित त्रिशुली नदीमा यात्रुबस खस्दा मृत्यु हुने सबै जनाको सनाखत

Thankot Times

थानकोट।

बुधबार काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको यात्रुबस त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका आठै जनाको सनाखत भएको छ।

धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार बिहीबार बिहानसम्म सबै मृतकहरूको सनाखत भएको हो।

मृतकहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका-८ का २० वर्षीय शुसिल रम्तेल र १६ वर्षीय सबिन रम्तेल, पर्वतको जलजला गाउँपालिका-६ का ४२ वर्षीय राधिका सापकोटा र पर्वतको धौलागिरी गाउँपालिका-५ का ७२ वर्षीय टेक बहादुर छन्त्याल छन्।

बुधबार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ चालिसे छहरामा सडकबाट त्रिशुली नदीमा खसेको थियो।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।

साँघुरो सडकमा ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ। 

तस्बिरः शंकर श्रेष्ठ/रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *