बागमती प्रदेशमा सवारी भाडा बढ्यो, कुन रूटको भाडा अब कति ? सूची हेर्नुहोस्

Thankot Times

थानकोट । 

बागमती प्रदेशभित्र सार्वजनिक यातायातको भाडा बढेको छ ।

इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको हो ।

भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको छ ।

काठमाडौं उपत्यकाभित्र गुड्न सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम गरिएकामा एक रुपैयाँ बढाएर १९ पुर्‍याइएको छ ।

उपत्यकामा १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ ।

ट्याक्सी भाडा पनि बढेको छ ।

सुरू फ्याग डाउन ५२ रुपैयाँ कायम गरिएको छ । प्रति २०० मिटर १० रुपैयाँ ३४ पैसा कायम गरिएको बागमती प्रदेशको राजपत्रमा उल्लेख छ ।

प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको पनि भाडा बढेको छ । काठमाडौं–नारायणगढको बस भाडा ४३३ रुपैयाँ कायम भएको छ । १४६ किलोमिटर दूरीको काठमाडौं–नारायणगढमा यसअघि ४२१ रुपैयाँ भाडा थियो ।

काठमाडौं–नारायणगढ–हेटौंडासम्मको भाडा ६५५ रुपैयाँ कायम भएको छ । काठमाडौं–पनौतीसम्मको भाडा ९२ रुपैयाँ कायम गरिएको छ । काठमाडौं–बाह्रबिसेसम्मको भाडा ३०३ रुपैयाँ कायम भएको छ ।

काठमाडौं–बल्खु–हेटौंडासम्मको भाडा ६४२ रुपैयाँ कायम भएको छ । नारायणगढ–धादिङबेसीसम्मको भाडा ३०६ रुपैयाँ कायम भएको छ । काठमाडौं–जिरीसम्मको भाडा १ हजार ३८ रुपैयाँ कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *