थानकोट क्षेत्रमा रातभर वर्षा, आज दिनभर कस्ताे रहला माैसम ?

Thankot Times

थानकोट ।
थानकोट क्षेत्रमा अहिले वर्षा केही कम भएको छ। रातिदेखि नै यस क्षेत्रमा भारी वर्षा भइरहेको थियाे ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी  प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, र गण्डकी  प्रदेशका थोरै स्थान  तथा मधेश र लुम्बिनी प्रदेशको  एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
राति कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशका  केही  र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै कोशी, मधेश,  बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *