महिला टी-२० सिरिज : नेपाल मलेसियासँग पराजित
थानकोट ।
चार देश सम्मिलित महिला टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल पराजित भएको छ।
मलेसियासामु जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको नेपाल ६ विकेटले पराजित भएको हो ।
वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको घरेलु टोली मलेसिया १० बल बाँकी रहँदा ४ विकेटको क्षतिमा विजयी लक्ष्य भेट्न सफल रह्यो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि ब्याटिङ गरेको थियो ।












