महिला टी-२० सिरिजको उपाधिका लागि नेपाल र हङकङ भिड्दै, खेल बिहान ११ः४५ बजेबाट

Thankot Times

थानकोट ।

चार देश सहभागी महिला टी-२० आई सिरिजको फाइनलमा आज नेपाल र हङकङबीच खेल हुँदैछ।

अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो ।

शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो।

नेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपालको नेटरनरेट ०.८५३ छ।

अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो।

हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। हङकङको नेट रनरेट ०.१९२ छ।

हङकङले कुवेत र मलेसियालाई हराएको थियो।

मलेसिया तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भए पनि नेट रनरेटका कारण तेस्रो स्थानमा पुग्यो। मलेसियाको नेटरनरेट ०.००७ रह्यो ।

कुवेत तीन खेलमा तीनवटैमा हारका साथ अंकविहीन हुँदै बाहिरियो। तेस्रो स्थानको लागि शनिबार नै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट बायोमास रंगशालामा सुरू हुनेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *