कलंकी-नागढुंगा सडक खण्डः घाम लाग्दा धुलो, पानी पर्दा हिलो, नैकाप उकालोमा सधैं सास्ती (भिडियो)
थानकोट ।
विगत केही दिनयता निरन्तर भएको भारी वर्षाका कारण कलंकी-नागढुंगा सडक खण्डका ठाउँठाउँमा खाल्टा परेका छन् ।
संघीय सरकारको सडक विभागको नियमन क्षेत्रमा रहेको त्रिभुवन राजपथ अन्तर्गतको यो सडक खण्डका नयाँ ठाउँमा खाडल परेका हुन् । जसले यातायात सञ्चालनमा अवरोध हुँदा सवारी साधनहरूको लाम बढ्न थालेको छ ।
ढुंगेअड्डास्थित मुल सडकमा बढेमानका खाडल बन्दा २ पाँग्रे मात्रै हैन चार पांग्रेसमेत पर्ख र हेर को अवस्थामा गुड्न बाध्य छन् । अझ विद्युतीय तार भूमिगत गर्न खनिएका खाडलहरूले सडकको किनारा समेत अस्तव्यस्त बनेका छन् यो दृश्य ढुंगेअड्डाबाट चेकपोष्टसम्म नै देख्न सकिन्छ ।
तार भूमिगत सकिए पनि खाल्डाखुल्डी नपुर्दा कालोपत्रे सडकसमेत हिलाम्य भएको छ ।
नैकापक्षेत्रमा समेत अवस्था उही छ, नैकाप उकालोमा पिच उप्किँदा सवारी साधन एक लेन मात्रै गुड्ने अवस्था छ । बल्खु पुलको जोल्ठिङले सधैं सवारी साधन सुस्त गुड्न बाध्य छन् ।
सतुगंल, गुर्जुधारा क्षेत्रका सडकमा सदावहार खाडल हुने नै भए । दुरसञ्चार क्षेत्रमा नागढुंगा सुरूङ मार्गको पहुँच मार्गका लागि फ्लाइओभर निर्माणको कार्य भइरहँदा यातायाता सञ्चालन अस्तव्यस्त हुने गरेको छ। २ लेनको सडक एक लेनमात्रै सञ्चालन हुँदा हुने गरेको सवारी साधनको जाम झन त्यहि एक लेनमा पनि पानीको तलाउमा परिणत हुँदा सास्ती थपिएको छ । सदाबहार समस्याका रूपमा रहेको त्रिभुवनपार्कको मोडमा अहिले कुनै समस्या छैन् यद्यपी पीच सडकमा ठाउँठाउँमा खाडल पर्दा २ पांग्रे सधैं जोखिममा पर्ने गरेका छन्। यो क्षेत्रमा घाम लाग्दा धुलो र पानी पर्दा हिलो बयान गरि साध्य छैन् ।
थानकोट क्षेत्रमा वर्षा लाग्नासाथ पानी सडकै सडक बग्नु नाैलो विषय रहेन, महाशक्ति पम्प, वाँडभञ्ज्याङ लगायतका स्थानमा पनि सडकमा खाडल पर्दा दुर्घटनाको जोखिम झन बढेको छ । दैनिक हजाराैं साना ठूला सवारी साधन गुड्ने राजधानी शहरको लाइफलाइन सडक समयमै मर्मत नहुँदा स्थानीय, पैदल यात्री तथा सवारी साधनहरूले सास्ती व्यहोर्न परेको छ ।
सडकका खाल्डामा पानी जमेका कारण लामखुट्टेले लार्भा पार्ने र डेंगुको जोखिमसमेत बढेको जनस्वास्थ्यविज्ञले बताएका छन् ।
@thankottimes घाम लाग्दा धुलाे, पानी पर्दा हिलाे । नागढुंगा सुरुङमार्गकाे पहुँच मार्ग दुरसंचार क्षेत्र ।ThankotTimes.com #nepal #road #kalanki #thankot #nagdhungatunnel ♬ original sound – Thankot Times














