नेपाली कांग्रेस संसदीय दलको नेता चयनका निम्ति आज निर्वाचन हुँदै

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका निम्ति आज (वैशाख ११) निर्वाचन हुँदै छ ।

दलको नेता चयन प्रक्रिया सञ्चालनका लागि गठन गरिएको समितिले बिहीबार निर्वाचन तालिका हेरफेर गरेको छ ।

निर्वाचन तालिकाअनुसार, उमेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ । ४:३० सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ ।

मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिने तालिका तय गरिएको छ ।

प्रतिनिधि सभामा ३८ सांसद रहेको कांग्रेसलाई दलको नेता टुंगो लगाउन सकस भएको छ ।

धेरैले आकांक्षा राखेपछि सर्वसम्मतको प्रयास भइरहेको सांसद बासना थापाले बताइन् ।

कांग्रेसको संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाको नाम चर्चामा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *