पाकिस्तान बन्यो विश्वकै नम्बर १ क्रिकेट टिम, भदाै १३ गते नेपाल र पाकिस्तानबीच खेल हुँदै

Thankot Times

थानकोट ।

पाकिस्तान एक दिवसीय क्रिकेट वरियताको शीर्ष १ नम्बरमा उक्लिएको छ ।

समान ११८रेटिङ अंक भएपनि अष्ट्रलियालाई दोश्रो स्थानमा छोड्दै दक्षिण एशियाली मुलुक पाकिस्तानले विश्व वरियताको पहिलो नम्बर आफुलाई उभ्याएको हो । नेपाल सो वरियताको १५औं स्थानमा छ ।

वरियताको विश्वको पहिलो टिम पाकिस्तान र १५औं स्थानको नेपालबीच एसिया कप अन्तर्गत भदाै १३ गते खेल हुने तालिका रहेको छ ।

भारत वरियताको तेस्रो स्थानमा छ, बंगलादेश, श्रीलंका र अफगानिस्तान क्रमश साताैं, आठाैं र नवाैं स्थानमा छन् यी चार राष्ट्र पनि एशिया कपको तयारी छन् ।

१९ वटा मुलुक सो विश्व क्रिकेटको वरियतामा समावेश भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *