एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने आज पाकिस्तान जाँदै
थानकोट ।
पछिल्लो एक वर्षदेखि १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने सोमबार बिहान पाकिस्तान जाने भएका छन् ।
नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको एसिया कप खेल्न लामिछाने पाकिस्तान जान लागेका हुन् । एसिया कप खेल्ने नेपाली टोली भने गत साता नै पाकिस्तान पुगिसकेको छ ।
आइतबार जिल्ला अदालत काठमाडौंमा पेशी हेर्दाहेर्दै नभ्याईनेमा रहेपछि सन्दीप को पाकिस्तान यात्रा सुनिश्चित भएको थियो ।
एसिया कपमा नेपाल, पाकिस्तान र भारत समूह ए मा छन् ।
नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ ।
नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको केन्डीमा खेल्नेछ ।












