सांसद् राजेन्द्रकुमार केसी निजीकरण समितिको सदस्यमा मनोनीत
थानकोट ।
संघीय सांसद् राजेन्द्रकुमार केसी निजीकरण समितिको सदस्यमा मनोनीत भएका छन् ।
काठमाडाैं क्षेत्र नं. १० बाट निर्वाचित सांसद् केसीसहित सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित माधव सापकोटालाई मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने निर्यण गरेको हो ।
यस्तै सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद् बैठकले भन्सार विधेयक र विद्युत् विधेयक संघीय संसदमा पेस गर्ने निर्णय समेत गरेको छ ।












