नेपाली कांग्रेस केन्द्रीय समिति बैठक असोज ४ मा बस्ने
थानकोट ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज ४ गते बस्ने भएको छ ।
यसअघि असोज २ गतेका लागि बोलाइएको बैठक असोज ४ गते सार्ने तयारी भएको बताइएको छ ।
असोज २ मा ऋषि पञ्चमी र असोज ३ मा संविधान दिवस परेकाले बैठक दुई दिन पछि सार्ने तयारी भएको हो । ‘पर्व र संविधान दिवसले गर्दा असोज ४ गते बैठक बस्छ’, एक नेताले भने ।
साउन १० मा केन्द्रीय समिति बैठक सकिँदा सभापति शेरबहादुर देउवाले असोज २ मा केन्द्रीय समितिको बैठक बस्ने मिति सुनाएका थिए ।
विधान अनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्दछ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा प्रस्तुत गरेको वार्षिक तालिकामा प्रत्येक २/२ महिनामा बैठक बस्ने गरी दिन समेत तय गरेर तालिका प्रस्तुत गरेका थिए ।












