एसिया कपको १६औं संस्करण आजबाट, घरेलु टोली पाकिस्तान र नेपालबीच उद्घाटन खेल
थानकोट ।
एसिया कप क्रिकेट-२०२३ को उद्घाटन खेलमा आज एकदिवसीय वरीयतामा पन्धाैं स्थानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज एकदिवसीय वरीयताको शीर्ष स्थानको पाकिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दैछ ।
एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो ।
आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्नेछ, यो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरू हुनेछ ।
खेल पाकिस्तानको मुल्तानमा हुने तालिका रहेको छ।












