साफ यू-१६ च्याम्पियनसिप खेल्ने नेपाली टोली भुटान प्रस्थान

Thankot Times

थानकोट ।

साफ यु-१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपाली फुटबल टोली बुधबार भुटान प्रस्थान गरेको छ ।

भुटानको थिम्पुमा शुक्रबारदेखि सुरु हुने साफ यू-१६ च्याम्पियनसिपको चौथो संस्करणमा सहभागिताका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाली टिमलाई सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)मा बुधबार एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले शुभकामनासहित बिदाइ गरेका थिए ।

रवीन्द्र सिलाकारको प्रशिक्षणमा रहेको २३ सदस्यीय नेपाली बुधबार नै थिम्पु प्रस्थान गर्ने छन् ।

प्रतियोगितामा यसअघिका विजेताद्वय भारत र बंगलादेशको समूह ‘ए’ मा रहेको नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । यो उमेरसमूहमा नेपालको किशोर टोलीले अहिलेसम्म उपाधि जित्ने सकेको छैन ।

सन् २०११ देखि सुरु भएको साफ यु-१६ च्याम्पियनसिपमा अहिलेसम्म तीन संस्करण सम्पन्न भइसकेको छ । नेपालले आइतबार बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको १४ दिनको प्रशिक्षण र अधिकांश एन्फा यू-१६ युथ लिग खेल खेलेका खेलाडी रहेकाले भुटानमा राम्रो प्रदर्शन गर्ने नेपाली टोलीको विश्वास छ ।

नेपाली टोलीको गोलकिपरमा विशेष बानिया, पेम्बा भोटे र भक्तबहादुर परियार छन् । रक्षकमा एकराज विश्वकर्मा, किशन थापा, अरविन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान्तराज लावत, किशोरकुमार दनवार र सरन एसके छन् ।

मिडफिल्डरमा सुजल स्याङ्तान, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, राम थामी, दिलन लिम्बू र फरवार्डमा सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझी र दर्शन अधिकारी छन् ।

च्याम्पियनसिपमा सेप्टेम्बर १ देखि १० सम्म भुटानको राजधानी थिम्पुमा हुनेछ ।

६ टोलीको सहभागी रहने प्रतियोगितामा समूह ‘बी’ मा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *