थानकोट ।
चीनमा हुने १९ औं एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले जापान र कम्बोडियासँग खेल्ने भएको छ ।
नेपाल, जापान र कम्बोडिया समूह ‘बी’ मा रहेका छन् ।
समूह ‘ए’ मा भने, अफगानिस्तान र मंगोलिया, समूह ‘सी’ मा हङकङ, चीन र सिंगापुर तथा समूह ‘डी’ मा बहराइन, माल्दिभ्स र मलेसिया छन् ।
हरेक समूहका शीर्ष चार टोली क्वाटरफाइनलमा पुग्नेछन् ।
नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा जापानसँग खेल्नेछ । नेपालले अक्टोबर १ मा कम्बोडियासँग खेल्नेछ । क्वाटरफाइनल ३ र ४ अक्टोबरमा हुनेछ । सेमिफाइनल ६ अक्टोबरमा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि ७ अक्टोबरमा खेल हुनेछ ।
खेल टि-२० शैलीमा हुनेछ । नेपाल टि-२० आई वरियतामा १७ औं स्थानमा छ । जापान ५३ औं टि-२० आई स्थानमा छ । कम्बोडिया भने आइसिसीको ८७ वरियताभित्र छैन । नेपाल वरियताको आधारमा आफूभन्दा निकै कमजोर टोली जापान र कम्बोडियासँग खेल्नेछ ।
नेपालले रोहित पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषणा गरिसकेको छ । भारतको ऋतुराज गायकवाड र पाकिस्तानको कासिम अक्रमले एसियन गेम्सका लागि कप्तानी गर्नेछन् ।