नेपाली कांग्रेसका १५ केन्द्रीय सदस्यले पाए विभागीय प्रमुखको जिम्मेवारी (सूचीसहित)

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ जना केन्द्रीय सदस्यहरुलाई विभागीय प्रमुखमा मनोनयन गरेका छन् ।

शुक्रबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम उनीहरुलाई विभिन्न विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।

मनोनित हुने केन्द्रीय सदस्यहरुमा कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश समन्वय विभागको जिम्मेवारी पाएका छन् भने पुष्पा भुसालले महिला विभागको जिम्मेवारी पाएकी छन् । त्यस्तै केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले उद्योग तथा व्यापार विभागको जिम्मेवारी पाएका छन् भने किरण यादवले तराई मधेश समन्वय विभागको जिम्मेवारी पाएकी छन् ।

कसलाई कुन विभागको जिम्मेवारी ? सूची हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *