आईसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोट: नेपाललाई भुटानले दियाे ४० रनकाे लक्ष्य
थानकोट ।
मलेसियामा जारी आईसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानले नेपाललाई ४० रनको झिनो लक्ष्य दिएको छ ।
मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनायो । भुटानकी कप्तान डेचेन वांग्मोले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रन बनाइन् ।
नेपालविरुद्ध खेलमा भुटानले एकमात्रै चौका हानेको थियो । ७३ बलपछि पहिलो चौका हानेको थियो । स्पिनर कविता जोशीलाई भुटानकी डेचेनले १३ औं ओभरको दोस्रो बलमा चौका हानेकी थिइन् ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले बहराइनलाई ३१ रनमा अल आउट गर्दा २।५ ओभरमै पूरा गरेको थियो । भुटान पहिलो खेलमा युएईसँग ९ विकेटले पराजित भएको थियो । बहराइनलाई ८ विकेटले हराएको थियो ।












