मैत्रीपूर्ण फुटबल: म्यानमारसँगको खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

Thankot Times

थानकोट ।

भदौ २२ र २५ गते म्यान्मारसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार म्यानमारसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय राष्ट्रिय टोलीका घोषणा गरेका हुन् । 

दुवै खेल म्यान्मारमा हुनेछ ।

नेपाली टिम :

गोलरकिपर : किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल

रक्षक : सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा

मिडफिल्डर : एरिक बिष्ट, सन्दीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सभ राई, क्रितिशरत्न छुन्जु

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, जिलेस्पीजंग कार्की, दीनेश हेन्जङ, हिसुब थपलिया


Leave a Reply

Your email address will not be published. Required fields are marked *