आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटः कतारविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल

Thankot Times

थानकोट ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज कतारसँग खेलिरहेको छ ।

मलेसियाको बांगीमा खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेबाट सुरु भएको ।

खेलमा टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ ।

आजको खेल जिते नेपालले सेमिफाइनलमा स्थान बनाउने छ।

लगातार तेस्रो जित निकालेको नेपालले ६ अंक रहेको छ भने कतार तीन वटै खेलमा पराजित भएको छ।

आइतबार भएको  भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको थियो।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले अर्को खेलमा  बुधबार यूएईसँग खेल्ने छ। युएई अंक तालिकाको शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।

११ टोली सम्मिलित प्रतियोतिमा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई मात्र सेमिफाइनलमा पुग्नेछन्। नेपाल सेमिफाइनलमा पुगेको खण्डमा समूह बी का हङकङ, थाइल्याण्ड र कुवेतमध्ये एकसँग खेल्ने संभावना हुनसक्छ।

समूह बी मा ३ खेलबाट ६ अंक बटुलेको हङकङ शीर्षस्थानमा छ। थाइल्यान्डको २ खेलबाट ४ अंक जोडेको छ। कुवेतले पनि एक खेल जित्दै २ अंक पाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *