आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटः कतारविरूद्ध नेपालले पायो ७५ रनको लक्ष्य
थानकोट ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज कतारसँग खेलिरहेको छ ।
मलेसियाको बांगीमा खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेबाट सुरु भएको हो । खेलमा पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाएपछि नेपालले ७५ रनको विजयी लक्ष्य पाएको छ । यो खेल जितेमा नेपाल सेमीफाइनलमा प्रवेश गर्नेछ ।
कतारलाई सस्तैमा समेट्न नेपालकी इन्दू बर्माले ३ विकेट लिइन भने पुजा महतो र कविता जोशीले एक एक विकेट लिए।












