एसिया कप क्रिकेटः नेपालले टस हार्‍यो, भारत विरूद्ध पहिला ब्याटिङ गर्ने

Thankot Times

थानकोट ।

एसिया कपको बहुप्रतिक्षित खेलमा आज नेपाल र भारतबीच खेल हुँदैछ । दिउँसो ३ः१५ बजे सुरु हुने खेलमा भारतका कप्तान रोहित शर्माले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।

भारतको यसअघिको टिममा जसप्रित बुमराहको स्थानमा मोहम्मद सामीलाई खेलाइने भएको छ । नेपालले पनि एक परिवर्तन गरेकाे छ । आरिफ शेखकाे स्थानमा भीम सार्कीले माैका पाएका छन् ।

श्रीलंकाकाे पाल्लेकेल मैदानमा खेल हुँदैछ । खेलका क्रममा वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारती राष्ट्रिय क्रिकेट टोलीसँग खेल खेल्न लागेको यो पहिलोपटक हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *