एसिया कप खेल्न गएको नेपाली क्रिकेट टिम आज स्वदेश फर्किंदै

Thankot Times

थानकोट ।

एसिया कप-२०२३ मा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टिम आज नेपाल फर्किने भएको छ ।

नेपाली टिम दिउँसो १२ः३५ मा श्रीलंकन एयलाइन्सबाट नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको अवसर पाएको थियो । तर, नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएकाे थियाे ।

नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *