मैत्रीपूर्ण फुटबल: विवादास्पद गोलले मान्यता पाउँदा म्यानमारसँग १-० ले हार्यो नेपाल

Thankot Times

थानकोट ।

दोश्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले म्यानमारसँग १-० को हार ब्यहोरेको छ ।

म्यानमारको थुवुन्न रंगशालामा सोमबार अपरान्ह सम्पन्न खेलको ८६औँ मिनेटमा विन नाइङ्ग तुनले गरेको विवादास्पद गोललाई रेफ्रीले मान्यता दिँदा नेपालले हार ब्यहोरेको हो ।

बल म्यानमारको पेनाल्टी बक्समा रहँदा लाइन्समेनले नेपाली खेलाडी अफसाइड रहेको जनाउँदै झन्डा उठाएका थिए । तर, लाइन्समेनको यो इशारालाई मैदानका रेफ्रीले नदेख्दा म्यानमारका रक्षकले क्लियर गरेको बल काउन्टरमा म्यानमारले गोल गरेको थियो । लाइन्समेनको इशारालाई नदेखेपछि नेपाली टिमका कप्तान किरणसहित सबै सदस्य गोल खारेजीका लागि रेफ्रीसँग विवादमा उत्रिएका थिए ।

खेलभर निरन्तर आक्रमण बुनेको नेपालले करिब आधा दर्जन गोलका सुन्दर मौका सदुपयोग गर्न सकेको थिएन ।

विश्वकप छनोटको पहिलो चरणअघि नेपालले तयारीका लागि म्यानमारसँग दुई मैत्रीपूर्ण फुटबल खेलेको हो । यसअघि पहिलो खेलमा नेपालले म्यानमारलाई गोलरहित बराबरीमा रोकेको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *