पहिरोले अवरूद्ध मुग्लिन-नारायणगढ सडकमा यातायात सुचारू
थानकोट ।
मंगलबार बिहान सडकमा पहिरो खस्दा अवरूद्ध भएको मुग्लिन-नारायणगढ सडक खण्डमा सवारी साधन दुईतर्फी सञ्चालनमा आएकाे छ ।
चितवनको इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेपछि बन्द भएकाे सडक केहीबेर अघिदेखि सञ्चालनमा आएकाे हाे ।
बिहान साढे ६ बजेतिर खसेको सुक्खा पहिरो पन्छाएपछि गाडी आवतजावत शुरु भएकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ । मुग्लिन-नारायणगढ सडक खण्ड पटक-पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।
फाइल फोटो











