भारतीय सेनापति सेठबीले आज प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने
थानकोट ।
नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनापति धिरज सेठबीले आज प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री शाह र सेठबीच आज दिउँसो साढे २ बजे सिंहदरबारमा भेटवार्ता हुने जनाइएको छ ।
सेठ आइतबार नेपाल भ्रमणमा आएका थिए ।
उनलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
सोमबार नै सेठले जंगी अड्डामा नेपाली सेनाका प्रमुख आशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए ।
त्यस क्रममा उनले जंगी अड्डामा वृक्षरोपणसमेत गरेका थिए ।











