बलरहरूले किफायती बलिङ गरेपछि भारतविरूद्ध बंगलादेशको रोमाञ्चक जित

Thankot Times

थानकोट ।

एसिया कप क्रिकेटअन्तर्गत बंगलादेशले भारतलाई पराजित गरेको छ।

गएराति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतलाई ६ रनले हराएको हो। 

बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा २५९ रन बनाएर अलआउट भयो। भारतका लागि ओपनर शुभमन गिलले १२१ रनको शतकीय पारी खेले तर टोलीलाई जीत दिलाउन भने सकेनन्। 

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३ तथा तन्जिम हसन र महिदी हसनले समान २/२ विकेट लिए। त्यसअघि हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनाएको थियो।

फाइनलमा पुग्न नसके पनि बंगलादेशले भारतलाई हराउँदै एसिया कपको सुखद् अन्त्य गरेको छ। हारका बाबजुत भारत समूह विजेताको रूपमा फाइनल पुगेको छ। भारतले उपाधिका लागि आइतबार घरेलु टोली श्रीलंकासॅंग खेल्ने छ।

श्रीलंका बिहीबार पाकिस्तानलाई पराजित गर्दै फाइनल पुगेको थियो। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *