कीर्तिपुरमा ट्राफिक प्रहरीको चेकजाँच, अवस्था ठिक नभएका सवारीसाधन चलाउने ९ जना चालक कारबाहीमा

Thankot Times

थानकोट ।

काठमाडौंको कीर्तिपुरमा यान्त्रिक अवस्था ठिक नभएका ९ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । शुक्रबार गरिएको विशेष चेकिङका क्रममा ८० भन्दा बढी सवारी साधन चेक गरिएको थियो ।

त्यसक्रममा ब्रेक ठिक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ९ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।

सवारी साधन मर्मतपछि तोकिएको जरिबाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ । अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधनमात्र चलाउन ट्राफिक प्रहरीको आग्रह छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ