यी हुन सुकुटेबिच नजिकै ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाउने युवा

Thankot Times

थानकोट ।

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको सुकुटेबिच रिसोर्टनजिकै शनिबार भएको सडक दुर्घटनामा परी २ जना युवाको ज्यान गएको छ ।

स्थानीयका अनुसार इन्धन बोक्ने ट्यांकर र मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका स्थानीय नवीन पाण्डे र समिर दोङको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको बताइएको छ ।

स्थानीय प्रहरी प्रशासनका अनुसार खाडिचाैरबाट दोलालघाटतर्फ आउँदै गरेको ना.८ ३७६ नम्बरको ट्यांकरले बाह्रबीसेतर्फ जाँदै गरेको बा.प्र-०२-३१ प नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्यांकर चालक चित्लाङका भीम बहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ