एसिया कप क्रिकेटको उपाधीका लागि भारत र श्रीलङ्काबीच खेल हुँदै
थानकोट ।
एसिया कपको फाइनल खेल आइतबार भारत र श्रीलङ्काबीच कोलम्बोमा हुँदैछ ।
यस प्रतियोगिताको इतिहासमा यी दुई टोलीबीचको यो आठौँ फाइनल हुनेछ।
एसिया कप बाहेक विभिन्न १२ प्रतियोगिताको फाइनलमा पनि दुवै टोली भिडेका छन् ।
यसमा एकदिवसीय विश्वकपको फाइनल, टी-२० विश्वकपको फाइनल र च्याम्पियन्स ट्रफीको फाइनल पनि समावेश छन् ।
भारत र श्रीलङ्काबीच हालसम्म १९ फाइनल भइसकेको छ, दुवैले ९-९ पटक जितेका छन् ।
उनीहरूबीच नतिजाविहीन फाइनल पनि भएको छ । आईसीसी, एसीसी र ट्राई सिरिजका सबै प्रतियोगितासहित २० औँ पटक उपाधि खेलमा भारत र श्रीलङ्का आमनेसामने हुँदैछन् ।












