मर्मत कार्यका लागि पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी-थाक्रे सडकखण्ड राति बन्द गरिने

Thankot Times

थानकोट ।

सडक चौडाको कार्य जारी रहँदा जोखिम निम्तने भएपछि पृथ्वी राजमार्गको एक खण्ड असोज ४ गतेबाट २० गतेसम्म रातको समयमा बन्द गरिने भएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाहरूसहितको बैठकले थाक्रे गाउँपालिका १ एक्लेफाँट देखी गुजुरी गाउँपालिका ५ घाटवेसी पुलसम्मको क्षेत्र असोज ४ देखी २० गतेसम्म रातको ११ बजेबाट भोलिपल्ट बिहान ३ बजेसम्म बन्न गर्ने निर्णय गरेको जनाइएको छ ।
सो क्रममा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सबै खालका सवारी साधन बन्द गरिने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ