विभिन्न ५ रूटमा सार्वजनिक यातायात सञ्चालनका लागि चन्द्रागिरि नगरपालिकाले आह्वान गर्यो प्रस्ताव

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका विभिन्न पाँच रूटमा सार्वजनिक यातायात सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै नगरले चन्द्रागिरि नगरपालिका १ दहचोकको सुरुङ मार्ग-पञ्चकन्या-ईन्द्रदह-स्वीजरल्याण्ड पार्क-कंकाली मावि हुँदै रत्नपार्क रूटमा सार्वजनिक यातायात सञ्चालनका लागि प्रस्ताव मागेको छ ।
यसैगरी चन्द्रागिरि ४ थानकोट गोदाम चोक-केबलकार हुँदै रत्नपार्क रूटमा पनि सार्वजनिक यातायात सञ्चालन गर्न नगरले प्रस्ताव माग गरेको छ ।
चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि ८ मातातीर्थस्थित भकुण्डे चाैर-बैकुण्ठ धाम- मातातीर्थ कुण्ड हुँदै रत्नपार्क रूटमा पनि सार्वजनिक यातायात सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको छ ।
यस्तै चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँस्थित बोहरा चाैतारा-चुनदेवी-मच्छेगाउँ-टाैखेल-नयाँ बस्ती-तीनथाना हुँदै रत्नपार्क रूट तथा बोहरा चाैतारा-खुशीखुशी चोक-बोसिंगाउँ- रत्नपार्क र चन्द्रागिरि १३ पुरानो नैकापको किटिनी भञ्ज्याङ-फुटबल ग्राउण्ड- वडा कार्यालय-खड्का गाउँ हुँदै रत्नपार्क रूटमा सार्वजनिक यातायात सञ्चालनका लागि १५ दिनभित्र प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ ।

यी रूटमा सार्वजनिक यातायात सञ्चालनका लागि कम्तीमा ४ वटा बस सञ्चालन हुनुपर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *