१९औं एसियाडः पुरुष भलिबलमा नेपाल बहराइनसँग ३-१ को सेटमा पराजित

Thankot Times

थानको ट।

चीनमा जारी १९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ ।

चीनकाे हाङझाउमा भएको खेलमा नेपाल आफ्नो पहिलो खेलमा बहराइनसँग नेपाल ३–१ ले पराजित भएको हो । पहिलो सेटमा नेपाल २५–२० ले विजयी भए पनि त्यसपछि लगातार ३ सेट गुमाएको हो । दोस्रो सेटमा नेपाल २५-२०, तेस्रो सेटमा २५-१८ र चौथो सेटमा २५-१५ ले पराजित भयाे ।

नेपालले अर्काे खेलमा पर्सि बुधबार इरानसँग खेल्नेछ । यो खेल हारेमा नेपाल समूह चरणबाट बाहिरिनेछ ।

एसियाली खेलकुदको उद्घाटन समारोह सेप्टेम्बर २३ तारिखमा हुने भए पनि भलिबल, फुटबल र क्रिकेटका खेल आजदेखि नै शुरु भएका छन् । यस पटकको प्रतियोगितामा कुल ४० खेलमा एसियाका ४५ देशका १२ हजार चार सय १७ जना खेलाडीले प्रतिपर्धा गर्दैछन् ।

नेपालबाट २९ खेलका लागि दुई सय ५३ जना खेलाडी सहभागी छन् ।

कोभिड–१९ महामारीका कारण १९ औँ संस्करणको एसियाली खेलकुद एक वर्ष पछाडि धकेलिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *