आज बलम्बुमा चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता हुँदै, सभामुख अर्यालले उद्घाटन गर्ने तालिका

Thankot Times

थानकोट ।
आज असोज १७ गते शनिबार चन्द्रागिरिमा नगरव्यापी दोश्रो बाँसुरी प्रतियोगिता आयोजना हुँदैछ । 

चन्द्रागिरि नगरपालिका १२ बलम्वुस्थित सिन्हःस्याँ दाफा खलः ले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नेवारी मौलिक संस्कृति, परम्परा, बाजागाजा तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुन लगेको बताइएको छ । प्रतियोगितामा सहभागी हुन दर्ता भएका मध्ये ७ वटा समुह मात्रै प्रतियोगिताका लागि योग्य रहेको आयोजकको भनाइ छ ।

प्रतियोगिताको विजेताले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउँदा दोश्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले बिहान १० बजे उद्घाटन गर्ने गरि तयारी भएको सिन्हःस्याँ दाफा खलः ले जनाएको छ ।

प्रतियोगिता बलम्बुस्थित लाछीमा हुनेछ । कार्यक्रमका दाैरान सांस्कृतिक प्रदर्शन समेत हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ