कतै यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ आज दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरक्षेत्रको आकाशमा अहिले बिहान आंशिक बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

विभागका अनुसार आज दिउँसो   देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र  बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *