नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्ले-अफ आयोजना गर्ने

Thankot Times

थानकोट ।

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी ४ देखि २१ डिसेम्बरसम्म प्रतियोगिता नेपालमा आयोजना हुने जानकारी दिएको हो ।

प्रतियोगितामा आईसीसी विश्वकप लिग– २ का अन्तिम चार टोली तथा आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठवटा टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको शीर्ष चारमा स्थान हासिल गर्ने टोली सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् ।

नेपालसामु लगातार दोस्रोपटक एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने अवसर छ ।

यसैबीच, प्रतियोगिता नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खला पूर्वनिर्धारित तालिकामा नहुने भएको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा नेपाल र भारत ‘ए’ बीचको नयाँ खेल तालिका तय गरिने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *