१९औं एसियाडः लगातार दोश्रो हारसँगै नेपालको पुरुष भलिबल टिम प्रतियोगिताबाट बाहिरियो

Thankot Times

थानकोट । 

चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत पुरुष भलिबलमा बुधबार भएको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। 

नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल इरानसँग २५-९, २५-१४ र २५-१३ ले पराजित भएको हो ।

मंगलबार भएको पहिलो खेलमा बहराइनसँग ३-१ ले पराजित भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *