आजबाट काठमाडाैंमा साफ यू-१९ च्याम्पियनसिप, तेस्रोपटक उपाधी उचाल्ने लक्ष्यमा नेपाल
थानकोट ।
आजबाट काठमाडाैंमा साफ यू-१९ च्याम्पियनसिप सुरु हुँदैछ ।
दशरथ रंगशालामा हुने प्रतियोगिताकमा विभिन्न ६ टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा नेपाल, माल्दिभ्स र पाकिस्तान समूह ए मा छन् भने समूह बी मा भारत, बंगलादेश र भुटान छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो साढे १ बजे भारत र बंगलादेशबीच खेल हुनेछ । साँझ ५ बजे नेपाल र पाकिस्तानबीच खेल हुनेछ ।
प्रतियोगिताको फाइनल ३० सेप्टेम्बरका दिन खेलाइनेछ ।
भारत यस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो भने उसले हालसम्म २ पटक यो उपाधी हात पारेको छ भने नेपालले पनि २ पटक यो प्रतियोगिताको उपाधी हात पारेको छ ।
प्रतियोगितामा सन् २००४ जनवरी १ भन्दा पछि जन्मिएका खेलाडीमात्रै सहभागी हुन पाउने प्रावधान छ ।












