१९औं एसियाडः नेपालले आज महिला फुटबल र टेबल टेनिसमा प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

चीनमा जारी १९औं एसियाड अन्तर्गत आज २ वटा खेलमा प्रतिस्पर्धा गर्दैछ ।

महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समयानुसार पौने १ बजे शुरू हुनेछ । एसियाडमा नेपाली महिला फुटबल टोलीको यो पहिलो सहभागिता हो । नेपालको समुहमा भियतनामसँगै जापान र बंगलादेश छन् ।

यसैगरी आज नेपालले टेबल टेनिसमा पनि प्रतिस्पर्धा गर्दैछ । नेपालले महिला टेबल टेनिसमा सिंगापुरको र पुरुष टेबल टेनिसमा जापानको सामना गर्दैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *