एमाले बागमती प्रदेश अधिवेशन : मतदान आज, अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा
थानकोट ।
नेकपा (एमाले) वाग्मती प्रदेशको अधिवेशनमा आज मतदान हुँदैछ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार बिहान ८ बजेबाट विधुतिय मतदान हुनेछ ।
अध्यक्ष पदमा पाँच आकांक्षीले उमेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा दुईजना मात्रै उमेदवार बाँकी छन् । कैलाश ढुंगेल र कृष्ण दाहालबाहेकले उमेदवारी फिर्ता लिइसकेका छन् ।
मतदान पश्चात सोही स्थानमा मतगणना तथा विजेताहरुलाई प्रमाणपत्र दिने कार्यक्रम रहेको छ । अधिकांश जिल्लाको भूगोल तथा अन्य क्लस्टरमा सहमति भएको कारण पदाधिकारी र खुल्ला सदस्यमा मात्र मतदान हुने संभावना उच्च रहेको छ ।












