कतै यात्रा गर्दै हुनुहुन्छ ? माैसमविद भन्छन साथमा छाता वा वर्षादी बोक्न नभुल्नुहोला
थानकोट ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ ।
साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोसी, मधेस, बागमती, र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।












