भारत बन्यो १९ वर्षमुनिको साफ च्याम्पियन, फाइनलमा पाकिस्तान ३-० गोलले स्तब्ध

Thankot Times

थानकोट ।

काठमाडाैंमा सम्पन्न १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ ।

दशरथ रंगशालामा शनिबार साँझ भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३-० गोलले हरायो ।

पहिलो हाफ गोलसहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा भारतले तीन गोल हान्यो ।

पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको थियो ।

सेमिफाइनलमा पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई हराएको थियो ।

१९ वर्षमुनिको साफ च्याम्पियनसिप असोज ४ गते बिहीबारदेखि शुरु भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *