चन्द्रागिरि नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारी २५ हजार घुस लिएको अभियोगमा पक्राउ
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा कार्यरत एक असिस्टेन्ट सब-इन्जिनियरलाई अख्तियारले घुससहित नियन्त्रणमा लिएको छ ।
चन्द्रागिरि नगरपालिका अन्तर्गत वडा कार्यालयमा कार्यरत सब-इन्जिनियरलाई घुस रकम सहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
आयोगबाट खटिएको टोलीले उनको साथबाट २५ हजार घुस रकम बरामद गरेको छ ।
सतुगंलस्थित खाजा पसलबाट उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको सह-सचिव दाहालले जानकारी दिए ।
घर निर्माण सम्पन्न भएको प्रमाण पत्र उपलब्ध गराएबापत असिस्टेन्ट सब-इन्जिनियर विजया लक्ष्मी पन्तले घुस मागेको अख्तियारबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।














ल, हाम्रो घर तिर पनी सिंहदरबार छिरे छ त ? हैट , लाज मर्नु ।