विश्वकप क्रिकेटः घरेलु टोली भारतको विजयी सुरुवात, आज नेदरल्याड्स र न्यूजील्याण्डबीच खेल
थानकोट ।
भारतमा जारी विश्वकप क्रिकेटमा घरेलु टोलीले विजयी सुरुवात गरेको छ ।
विराट कोहली र केएल राहुलको धैर्यपूर्ण ब्याटिङप्रेरित भारतले आईसीसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाविरुद्ध ६ विकेटको जित निकालेको हो ।
टस जितेर ब्याटिङमा आएको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर १९९ रनको योगफल खडा गरेको थियो ।
अक्टोबर ५ देखि सुरु भएको प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो ।
यो संस्करणमा १० टिमको सहभागिता छ ।
यो पटक भारत, अस्ट्रेलियासँगै इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् ।
आज नेदरल्याण्डस् र न्यूजील्याण्डबीच खेल हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।












