एसियाडमा पदक विजेता खेलाडी सम्मानमा गर्ने भनिएको र्याली स्थगित
थानकोट ।
चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पदक जितेका खेलाडीको सम्मानमा हुने भनिएको र्याली स्थगित गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै र्याली स्थगित गरिएको जनाएको हो ।
राखेपले र्याली स्थगित भए पनि पदक विजेता खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई परिषदको प्राङ्गणमा सम्मान गर्ने जनाएको छ ।
नेपालले हाङझाउमा सम्पन्न एसियाडमा दुई पदक जितेको थियो ।
नेपालबाट कराँतेमा एरिका श्रेष्ठले रजत र महिला कबड्डी टिमले काँस्यपदक जितेका थिए ।
नेपालले एसियाडमा १७ वर्षपछि दोहोरो पदक जितेको हो । यसअघि नेपालले सन् २००६ मा भएको एसियाडमा एकभन्दा धेरै पदक जितेको थियो ।












