विश्वकप क्रिकेटः श्रीलंकाविरूद्ध पाकिस्तानको कीर्तिमानी जित, इंग्ल्याण्डको पहिलो जित
थानकोट ।
मंगलबार राति सम्पन्न खेलमा आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत पाकिस्तानले श्रीलंकाविरुद्ध ६ विकेटको कीर्तिमानी जित निकालेको छ ।
रिजवान र सफिले शतक बनाएपछि मंगलबार राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको ३४५ रनको लक्ष्य पाकिस्तानले ४८.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
विश्वकपको इतिहासमा कुनै पनि टिमले सफलतापूर्वक पूरा गरेको यो नै अहिलेसम्मकै ठूलो लक्ष्य हो ।
पाकिस्तानको जितमा मोहम्मद रिजवानले अविजित १३१ रन बनाए । एकदिवसीय विश्वकपमा पहिलो शतक बनाएका रिजवानले १२१ बलमा आठ चौका र तीन छक्का प्रहार गरे ।
३७/२ को कठिन अवस्थामा रहँदा रिजवानले तेस्रो विकेटका लागि ओपनर सफिकसँग १७६ रनको साझेदारी गर्दै पाकिस्तानलाई जितउन्मुख गराएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंकाले पनि दुई ब्याटरको सहयोगमा निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३४४ रनको योगफल खडा गरेको थियो ।
विश्वकपको इतिहासमा पहिलो एक्कै खेलमा चार ब्याटरले शतक बनाएको यो पहिलोपटक हो ।
यसैगरी मंगलबार नै सम्पन्न दिनको पहिलो खेलमा इंग्ल्याण्डले पहिलो जित हात पारेको छ । बंगलादेश इंग्ल्याण्डसँग १३७ रनले विजयी भएको थियो ।
प्रतियोगिता अन्तर्गत आज घरेलु टोली भारत र अफगानिस्तानबीच दिउँसो २ः१५ बजे खेल हुनेछ ।












