एसीसी यू-१९ प्रिमियर कपः इरानविरूद्ध नेपाल पहिले ब्याटिङमा (लाइभ हेर्नुहोस)

Thankot Times

थानकोट ।

मलेसियामा एसीसी १९ वर्षमुनिको प्रिमियर कप आजदेखि सुरु भएको छ । पहिलो खेलमा अहिले नेपाल र इरानबीच वाईएसडी ओभलमा खेल भइरहेको छ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन् ।

भारत, पाकिस्तान, बङ्लादेश, अफगानिस्तान र श्रीलङ्का भने एसिया कपमा सोझै छनोट भएका छन् । समूह ‘ए’ मा–नेपाल, बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा– यूएई, ओमान, कतार र चीन रहेका छन् ।

समूह ‘सी’ मा– सिङ्गापुर, कुबेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा–हङकङ, मलेसिया जापान र इन्डोनेसिया रहेका छन् । यो खेल ५० ओभरको हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *